
भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो। गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ। भक्तपुरका साथै काठमाडौंँ, ललितपुर, काभ्रेलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन्। व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन्। गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ५० मा बिक्री भएको थियो।
रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गत वर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नुपरेकाले यहाँ पनि मूल्य बढेको बताए। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, “चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिुर्न परेकाले यसवर्ष महँगो भएको हो।”
च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गगर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गरे। व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य दिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताए।
च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले रु २५ हजार कर तिर्नुपरेको बताए।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय