
काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको निर्जीवन बीमा कम्पनीले २३ अर्ब भन्दा बढी भुक्तानि दिनु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको असोज ८ गतेसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २३ अर्ब ३७ करोड २७ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको हो ।
असोज ८ गतेसम्ममा कुल २ हजार ९८८ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको छ । प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रकमको बीमा दावी परेको छ । कम्पनीमा कुल ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३०७ वटा दावी परेका छन् ।
सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट ८६ वटा दावी बापत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल १९६ वटा दावी बापत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
असोज ८ गतेसम्म शिखर इन्स्योरेन्समा ३९७ वटा दावी बापत कुल २ अर्ब ३९ करोड १३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । जेनजी आन्दोलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ वटा दावी बापत १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ वटा दावी बापत १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा २२९ वटा दावी बापत १ अर्ब १२ करोड ४३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ३७५ वटा दावी बापत ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्समा १५२ वटा दावी बापत ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा २०५ वटा दावी बापत ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १९० वटा दावी बापत ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ९२ वटा दावी बापत ४८ करोड दुई लाख रुपैयाँ कुल बीमा दावी परेको छ ।
प्रभु इन्स्योेरेन्समा १०९ वटा दावी बापत २० करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा २२ वटा दावी बापत ६ करोड ८९ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ । साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १० वटा दावी बापत एक करोड १५ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत ४४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १७ वटा दावी बापत ४१ लाख रुपैयाँ रुपैयाँको बीमा दावी परेको छ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना