
काठमाडौं । च्याम्पियन लिगमा मंगलवार भएको खेलमा बायर्न म्युनिख र रियल म्याड्रिडले सहज जित निकाल्दा लिभरपुल भने स्तब्ब बनेको छ । रियलले काइरात अल्माटी विरुद्ध ५–० को फराकिलो जित निकाल्दा बायर्नले पनि पाफोसलाई ५–१ ले पराजित गरेको हो । लिभरपुल भने गालातासारेसँग १–० ले पराजित भयो ।
रियललाई जितमा किलियन एमबाप्पेले ह्याट्रिक गरे । च्याम्पियन्स लिगमा हिजो अन्य ८ खेलमा अधिकांश चर्चित क्लब विजयी भए । फ्रान्समा मार्सेलद आयाक्सलाई ४–० ले हरायो । इगोर पैक्साओले २ तथा मेसन ग्रिनवुड र पियरे एमरिक ओबामेयाङले समान १ गोल गरे । म्याड्रिडमा एट्लेटिकोले जर्मन क्लब आइन्ट्राख्ट फ्रान्कफर्टलाई ५–१ ले हरायो। एन्टोइन ग्रिजमनले आफ्नो २ सयौं गोल पूरा गरे । इटालीमा एट्लान्टाले बेल्जियमको क्लब ब्रुजलाई २–१ ले पराजित गर्यो । पहिलो हाफमा पछाडि परेको एट्लान्टाले दोस्रो हाफमा लाजार सामाद्र्जिकको पेनाल्टी र मारियो पासालिचको अन्तिमतिरको गोलबाट जित निश्चित गर्यो ।
जर्मनीको बायर्न म्युनिखले साइप्रसको पाफोसलाई ५–१ ले हरायो । ह्यारी केनले २ तथा राफाएल गुरेरो र निकोलास जाक्सनले गोल गरे । लन्डनमा चेल्सीले बेन्फिकालाई १–० ले पराजित ग¥यो । नर्वेको बोडो/ग्लिम्ट र टोटनहमबीचको खेल २–२ को बराबरीमा टुंगियो। घरेलु टोलीले अग्रता लिए पनि अन्त्यतिर टोटनहम खेलमा फर्कन सफल रह्यो । इटालीको इन्टर मिलानले स्लाभिया प्रागलाई ३–० ले हरायो। इन्टरले सुरुदेखि खेल नियन्त्रणमा राख्दै सहज जित निकाल्यो ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा