
काठमाडौं । मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर काठमाण्डौ उपत्यका सहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमवारदेखि मौसम क्रमिक रुपमा सुधार हुने विभागले जनाएको छ ।













समाचार
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
करेन्ट लागेर चितुवाको मृत्यु
पछिल्लो २४ घण्टामा सबैधन्दा धेरै वर्षा चितवनमा
सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द
कपिलवस्तुकाे भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
तीन मनसुनी प्रणाली सक्रिय, यी स्थानमा भारी वर्षाकाे सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर