
काठमाडौं । अबिरल बर्षाका कारणल एशियन हाइड्रोपावर र साम्लिङ्ग पावरको विद्युत उत्पादन रोकिएको छ । असोज १८ गते देशभरकै धेरैजसो ठाउँमा परेको भारी वर्षाका कारण आएको बाढीले साम्लिङ्ग पावर कम्पनी लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडमा ठूलो मात्रामा क्षति पुगेको हो ।
असोज १९ गते बिहान करीब २÷३ बजेको समयमा अनपेक्षित रूपमा पहिरो र बाढी आएको र त्यसले साम्लिङ्ग पावरले सञ्चालन गरेको माई बेनी जलविद्युत आयोजना ९.५१ मे.वा को भौतिक संरचनामा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ । उक्त खोलामा बाढी आउने क्रम अझै नरोकिएको र क्षति एकीन गर्ने काम जारी रहेकाले हाल विद्युत उत्पादन पूर्ण रूपमा बन्द रहेको कम्पनीले बताएको छ ।
त्यस्तै एशियन हाइड्रोपावरले सञ्चालन गरिरहेको जोगमाई खोला जलविद्युत आयोजना ६.२ मे.वा को भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको कम्पनीले जानकारी दिएको छ । खोलाको बाढी अझै पूर्ण रूपमा नरोकिएको र क्षतिको एकीन गर्ने काम भइरहेकाले उत्पादन ठप्प भएको कम्पनीले बताएको छ ।












समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी