
काठमाडौं । ओमानमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । आईसीसी टी–२० विश्वकप छनोट खेल्न लागेको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो ।
यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पाखा लगाएको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए । नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए ।
त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले समान ३८ रनको योगदान दिए। कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान २ विकेट लिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व