काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ । कम्पनीहरूले नवीकरण नगरेपछि राष्ट्र बैंकले लाइसेन्स रद्द गरिदिएको हो ।
राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । यी दुई कम्पनीहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेको जनाएको छ ।
उक्त विनियमावलीमा म्याद समाप्त भएको मितिले तीन महीनाभित्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । कम्पनीहरूले सोही बमोजिम नवीकरण नगरेपछि लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।