
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर–३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई आज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो ।
जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा तामाङ भालुको आक्रमणमा परेका प्रहरीको भनाइ छ । भालुको आक्रमणबाट तामाङको खुट्टा, टाउको, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो । दोलखाका अधिकांश स्थानमा भालु पाइने भएकाले आक्रमण भइरहने डिभिजन वन अधिकृत कृष्णराज न्यौपानले बताए । उनका अनुसार भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति रु १० लाख दिने गरिएको छ ।
यसअघि गौरीशङ्कर गाउँपालिकाका दुई जना भालुको आक्रमणबाट घाइते भएका थिए । गौरीशङ्कर संरक्षण क्षेत्र भएकाले पनि वन्यजन्तु विभिन्न स्थानमा बाँस बस्ने र ओहोरदोहोर गर्ने समयमा उनीहरूको बाटोमा परेकालाई आक्रमण गर्ने गरेका वन अधिकृत न्यौपानले उल्लेख गरे ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि