
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ । पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भई नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न सहज बनेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवा सुविधा पहुँचमा सहज भएको हो ।
सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पुर्याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ । खोङटाङदेखि खावा भञ्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्नति गरिएको हो । गाउँपालिकाको पहलमा सङ्घीय सरकारको बजेटमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
यो सडक पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिपछि स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए । “पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पथ्र्यो”, उनले भने, “अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ ।”













समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै