
काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्किड भएर एउटा कार्गो विमान समुद्रमा खसेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार यस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एमिरेट्सको उडान नम्बर ईके९७८८ (एरोट्रान्सकार्गो) दुबईबाट स्थानीय समयअनुसार बिहान करिब ०३ः५० बजे अवतरण गर्ने क्रममा उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो।
नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए। उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको सार्वजनिक प्रसारण संस्था आरटीएचके लगायत स्थानीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्। विमानमा सवार चार जना चालक दलका सदस्य भने सकुशल उद्धारपछि उपचारका लागि अस्पताल लगिएका छन्।
दुर्घटनापछि प्रभावित उत्तरी धावनमार्ग बन्द गरिएको छ, तर विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा रहेका छन्। विमानस्थल प्राधिकरणले स्थानीय समयअनुसार बिहान १०ः०० बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। राम्रो सुरक्षा रेकर्ड रहेको यस विमानस्थलमा यस्तो दुर्घटना बिरलै हुने गरेको छ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने