
काठमाडौं । दीपावलीको उल्लास कम नहुँदै राजधानी दिल्ली फेरि धुवाँको चपेटामा परेको छ। मंगलबार बिहानैदेखि दिल्ली–एनसीआर घना धुवाँले ढाकिएको छ भने हावाको गुणस्तर सूचकाङ्क (AQI) फेरि ‘गम्भीर’ श्रेणीमा पुगेको छ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार मङ्गलबार बिहान मात्रै दिल्लीको PM2.5 स्तर ८१ µg/m³ र PM10 स्तर १४२ µg/m³ पुगेको थियो, जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ। चिकित्सक र वातावरणविद्हरूले यो अवस्थालाई ‘सतर्कता सन्देश’ भन्दै चेतावनी दिएका छन् कि छोटो समयको बाहिरी सम्पर्कले पनि फोक्सो र मुटुको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ।
फोक्सोभित्र पुग्ने अदृश्य विष
वातावरणमा रहेका सूक्ष्म धुलोका कणहरूलाई PM2.5 र PM10 भनिन्छ। यी अत्यन्त साना कणहरूले फोक्सोभित्र प्रवेश गरेर रगतमा पुग्ने क्षमता राख्छन्। लामो समयसम्म यस्ता प्रदूषित कणको सम्पर्कमा रहँदा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुका समस्या, स्ट्रोक र क्यान्सरसम्मको जोखिम बढ्ने विशेषज्ञहरूले जनाएका छन्।
चिकित्सकको चेतावनी: “एक दिनको हावा पनि धूम्रपानजस्तै”
ग्लेनइगल्स अस्पतालका वरिष्ठ चिकित्सक डा. हरीश चाफ्लेले भने, “दिल्लीको अहिलेको हावाको गुणस्तर यति खराब छ कि केही घण्टा बाहिर रहँदा पनि दर्जनौं सिगरेट पिएको जस्तो असर पर्न सक्छ।”
त्यस्तै, अपोलो अस्पतालका श्वासप्रश्वास विशेषज्ञ डा. निखिल मोदीका अनुसार हिउँद सुरु हुने बेला हावाको गति घट्दा प्रदूषण सतहमा थुनिन्छ, जसले हरेक वर्ष दीपालीपछि संकट बढाउँछ। उनी भन्छन्, “आजैदेखि बिरामीहरू अस्पताल आउन थालेका छन्— खोकी, आँखामा पानी आउनु, र सास फेर्न गाह्रो हुने समस्या बढ्दैछ।”
बिहानको पैदल हिँडाइ पनि हानिकारक
विशेषज्ञहरूका अनुसार यस्तो प्रदूषित अवस्थामामा बिहान दौडनु वा पैदल व्यायाम गर्नु स्वास्थ्यका लागि अझै खतरनाक हुन्छ। कारण, व्यायामका बेला श्वासको दर पाँच गुणा बढ्छ, जसले शरीरमा झन् बढी विषाक्त कण प्रवेश गराउँछ।
सबैभन्दा बढी जोखिममा को ?
फोक्सो वा मुटु सम्बन्धी रोग भएका बिरामी, साना बालबालिका, गर्भवती महिला र वृद्धवृद्धा सबैभन्दा बढी जोखिममा छन्। उनीहरूलाई बाहिर ननिस्कन, घरमा एयर प्युरिफायर प्रयोग गर्न र आवश्यक परे मात्र N95 मास्क लगाउन चिकित्सकहरूले सिफारिस गरेका छन्।
घरमै रहने वरिष्ठ नागरिकका लागि उपाय
डा. चाफ्ले भन्छन्, “घरको भित्रको हावाको गुणस्तर सुधार्न HEPA फिल्टर भएको एयर प्युरिफायर प्रयोग गर्नुपर्छ, ढोका–झ्याल बन्द गर्नुपर्छ र यदि सम्भव भए एउटा ‘क्लिन रुम’ तयार गर्नुपर्छ।”
“अभिभावकले बालबालिकालाई उच्च प्रदूषण भएका दिनहरूमा बाहिर खेल्न नदिनुहोस्, मास्क लगाउन सिकाउनुहोस् र पोषणयुक्त खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्,” डा. चाफ्लेले सुझाए।
दिल्ली सरकारले कृत्रिम वर्षा गर्ने तयारी गरिरहेको भए पनि विशेषज्ञहरूले लामो समयका लागि स्थायी समाधानमा जोड दिएका छन्।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने