
अमेरिकाले आफ्नो विश्वव्यापी प्रभाव विस्तार गर्न क्यारेबियन सागरदेखि क्यानडा, रुस, चीन र भारतसम्म रणनीतिक घेराबन्दीको नीति अगाडि बढाइरहेको देखिन्छ । शुक्रवार अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्याराबियन सागरमा परिचालन गरेको छ । यसलाई भेनेजुएलाका राष्ट्रपति निकोलास मदुराले अमेरिका युद्ध निम्त्याउन अग्रसर रहेको आरोप लगाएका छन् । अमेरिकाले कसरी विश्वभर सामरिक घेराबन्दी गरिरहेको छ त ?
अमेरिकाले क्यारेबियन सागरदेखि क्यानाडा, रुस, चीन र भारतसम्म फैलिएको सामरिक घेराबन्दीमार्फत अमेरिका विश्वलाई आफ्नो प्रभावमा पार्ने प्रयास गर्दैछ । हिन्द–प्रशान्त नीतिमा आधारित यो रणनीति अन्तर्गत अमेरिका विशेषगरी चीनको उदयलाई रोक्न चाहन्छ । यसका लागि अमेरिकाले क्वाड र औकस गठबन्धन पनि बनाएको छ । जसमध्ये क्वाड अमेरिका, भारत, जापान र अष्ट्रेलियाबीचको यस्तो रणनीतिक गठबन्धन हो जसले हिन्द–प्रशान्त क्षेत्रमा स्वतन्त्र र खुला समुद्री व्यवस्था कायम गर्दै सुरक्षा, आर्थिक विकास, प्रविधि र आपतकालीन सहकार्यमा चीनको बढ्दो प्रभाव सन्तुलन गर्न काम गर्छ । त्यसैगरी औकस अन्तर्गत अमेरिका, बेलायत र अष्ट्रेलियाबीचको सुरक्षा गठबन्धनको मुख्य उद्देश्य पनि हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने नै हो । औकस विशेषगरी आणविक पनडुब्बी प्रविधि, साइबर सुरक्षा, एआई र रक्षा सहयोगमा केन्द्रित छ । यसबाहेक क्यारेबियन क्षेत्रमा अमेरिकाले नेटो र आफ्ना सैन्य साझेदारहरूको माध्यमबाट प्रभाव जमाइरहेको छ । ल्याटिन अमेरिकामा भेनेजुएला, निकारागुवा र क्यूबा जस्ता देशहरूमाथि प्रतिबन्ध र राजनीतिक दबाब प्रयोग गर्दै आएको छ । अमेरिकाले क्यानाडासँग नेटो र आर्कटिक सहयोगमार्फत उत्तरी ध्रुवीय क्षेत्र नियन्त्रण गर्दैछ भने रुसविरुद्ध नेटोको पूर्वी विस्तार र युक्रेनलाई युद्धमा सघाएर घेराबन्दी गरिरहेको छ । चीनलाई काउन्टर दिन दक्षिण चीन सागरमा नौसेना अभ्यास र भारतसँग साझेदारीमार्फत चाइना प्लस वान रणनीति अपनाएको छ ।
कैयौ देशका सरकार ढालेको आरोप !
अमेरिकामाथि सुक्ष्मरुपमा विश्वका धेरै देशका सरकारहरु ढालेको आरोप लाग्दै आएको छ । यस्तो आरोप चीनलाई दोस्रो विश्वयुद्ध यता नै लाग्दै आएको थियो । १९५३ मा इरान, १९५४ मा ग्वाटेमाला, १९७३ मा चिली, १९६० मा कंगो, १९६४ मा ब्राजिल, १९९१ मा हाइटी, २००३ मा इराक र २०११ मा लिबियाको सरकार ढालेको आरोप अमेरिकामाथि लाग्ने गरेको छ । अमेरिकाले कतिपय देशमा प्रत्यक्ष सैन्य आक्रमणमार्फत् र कतिपयमा लोकतन्त्र र मानवअधिकारको नाममा हस्तक्षेप गरेर सत्ता परिवर्तन गराएको छ । नेपालमै पनि भारत र चीनको प्रभाव घटाउन नेपालका जेनजीमाथि करिब ५० करोड रुपैयाँ अमेरिकाले लगानी गरेको द सण्डे गार्डियनले खुलासा गरेको थियो ।
चीन र भारतमाथिको निगरानी !
चीन र भारतमाथि अमेरिकाको चासोका दुई प्रमुख कारण आर्थिक प्रतिस्पर्धा र भू–राजनीतिक प्रभाव हो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेपछि अमेरिकाको एकाधिकार चुनौतीमा परेको छ । अमेरिकाले भारतलाई चीनको सन्तुलनकारी शक्ति र सम्भावित साझेदारका रूपमा हेर्छ । चीनको जीडीपी वृद्धि र बीआरआईले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको छ । त्यसैले अमेरिकाले भारतसँग प्रविधि र सुरक्षा सहयोगमार्फत् चीनविरुद्ध काउन्टर ब्यालेन्सको रणनीति अपनाइरहेको छ । तर भारतको रुससँगको सम्बन्धले अमेरिकाको चिन्ता बढाएको छ । त्यसैले रुससँगको तेल व्यापार तोड्न दबाब समेत दिइरहेको छ । चीनको उदय रोक्न अमेरिकाले जापान, दक्षिण कोरिया र फिलिपिन्समा सैन्य उपस्थितिलाई तीव्र बनाउँदैछ भने ताइवान कार्ड पनि खेलिरहेको छ ।
चिनियाँ राष्ट्रपतिसँग ट्रम्पको रणनीतिक भेट
युक्रेन युद्ध अन्त्यको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीमा तय भएको वार्ता स्थगित गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दैछन् । दुवै राष्ट्रपतिको दक्षिण कोरियामा अक्टोबर ३० मा भेटवार्ता हुँदै छ । ट्रम्पले रुस युक्रेन युद्धलाई अहिलेकै अवस्थामा युद्धविराम गरेर रोक्न प्रस्ताव गरेपछि पुटिनसँगको वार्ता भंग भएको हो । युद्धविरामका लागि रुसले युक्रेनको पूर्ण निःशस्त्रीकरण र कब्जा गरेका युक्रेनी भूभाग आफैसँग राख्ने अडान लिएको छ भने युक्रेन भूमि सुम्पने कुरामा सहमत छैन ।
त्यसैले पनि आफ्नो प्रयासले सार्थकता नपाउने भएपछि ट्रम्पले पुटिनसँगको वार्तालाई समयको बरबादी मात्रै भन्दै सी जिनपिङसँगको वार्ता तय गरेका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने ट्रम्पको निर्णय पछाडि पनि रणनीतिक सन्देश लुकेको छ । ट्रम्पले वार्तामार्फत चीनसँग व्यापारिक सम्झौतामा लचकता खोज्ने र आर्थिक लाभ सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ । त्यस्तै यसले रूसमाथि कूटनीतिक दबाब सिर्जना गर्दै विश्वलाई मुट्ठीमा पार्न र दोस्रो विश्वयुद्धपछिको अमेरिकी हेजमोनी कायम राख्नलाई पनि ट्रम्प प्रशासनले अनेकौ रणनीतिहरु तीव्र बनाइरहेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि