
काठमाडौं । सिटि होटल लिमिटेडले जारी गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ४९ हजार १८५ जना सेयरधनीहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको जनाएको छ ।
बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आज कात्तिक १२ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ । साथै बाँडफाँडपछि बाँकी रहेको २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।












समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ