
काठमाडौं । देशका १० स्थानमा शाखा रहेको सोफा हब काठमाडौंले ल्याएको दशैं तिहार झड्का अफरको विजेता घोषणा गरेको छ । मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले ‘लक्की ड्र’ मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो ।
जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सञ्चालक तारालाल धरेलले जानकारी दिए ।उनका अनुसार केही समयमा ती विजेतलाई थाइल्याण्डको भ्रमण गराइने भएको छ । साथै गत वर्ष पनि कम्पनीले १० जना ग्राहकलाई युरोप भ्रमण गराएको थियो । कम्पनीले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो ।
उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौंले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे । दशैं तिहार, छठको अवसरमा १५ सय बढी ग्राहकले सोफा हबका विभिन्न शाखाबाट फर्निचर तथा सोफा खरिद गरेको सञ्चालक सदस्य जिवन पाण्डेले जानकारी दिए । कम्पनीको गोठाटार, कंलकी, सामाखुसी, बिर्तामोड, पोखरा, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौंडा गरी १० वटा शाखा सञ्चालनमा रहेका छन्।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान