
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । विद्वत वर्गको अन्तर संवादमा बोल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताएका हुन् ।
‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ । मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि । सुनेको मात्रै है, कुनै पत्र दिएको छैन,’ उनले भने ।
आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने बताए । उनले थपे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आआफैं मात्रै लड्छौँ ? पार्टीहरू लड्छन् चुनाव । यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन् ।’













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता