
काठमाडौं । नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्प भएको बताउँदै पार्टी फुटाउनु जीवनकै भूल महसुस गरेको बताएका हुन् ।
मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै रहेको भन्दै । गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित आफूहरू फर्किएको र कुनै माग, शर्त र चाहना नभएको प्रष्टीकरण दिएका छन् । पार्टी छाडेपछि एमाले केबल एउटा संगठनमात्र नभई आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको बुझेको श्रेष्ठले बताएका छन् । ‘एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ’, उनको भनाइ छ ।
केपी ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको भन्दै श्रेष्ठले ओलीले उठाएका राष्ट्रियता, विकास र सुशासनका मुद्दा नै आफूहरू घर फर्कनु आवश्यक छ भन्ने भावना जागृत भएको बताए ।
‘आदरणीय केपी शर्मा ओलीज्यूको दृढ नेतृत्व, देश र जनताप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो । आपत्ति, आलोचना र अवरोधबीच पनि तपाईंले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन । तपाईंको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि, देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ ।’












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द