
काठमाडौँ, कार्तिक २४, नेपाल बौद्ध महासंघले सामाजिक सञ्जालमा बौद्ध धर्म, गोन्पा (गुम्बा) तथा विहारहरू विरुद्ध भ्रमपूर्ण र धार्मिक द्वेष फैलाउने काम भइरहेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा सोमवार औपचारिक उजुरी दर्ता गरेको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा), उपाध्यक्ष लोपोन ग्युर्मे सोनाम तामाङ (कर्मा दुइसुम) र कार्यालय प्रमुख आचार्य सार्की शेर्पाको उपस्थितिमा सोमवार उजुरी दर्ता गरिएको महासंघले जनाएको छ ।
उजुरीमा उल्लेख भएअनुसार, गत भदौ २३ र २४ गते भएका जेन–जेड समूहको आन्दोलनसँग सम्बन्धित केही घटनालाई जोड्दै अराजक तत्वहरूले बौद्ध गोन्पा र विहारहरूलाई निशाना बनाई तथ्यहीन, कपोलकल्पित र भ्रामक अभिव्यक्ति प्रसारण गरिरहेका छन् । ती व्यक्तिहरूले युट्युब, फेसबुक लगायतका माध्यमबाट “गोन्पा विदेशी राष्ट्रहरूको अखडा बनेका छन” र “त्यहाँ हतियार लुकाइएको छ” भन्नेजस्ता निराधार आरोप लगाउँदै बौद्ध समुदायको मानमर्दन गरेको उजुरीमा उल्लेख गरिएको छ ।
नेपाल बौद्ध महासंघले बौद्ध गोन्पा र विहारहरूलाई शील, समाधि र प्रज्ञाका उपदेशहरूको अध्ययन, अध्यापन र अभ्यासका शान्तिपूर्ण केन्द्रका रूपमा परिभाषित गर्दै, यी संस्थानहरूले कहिल्यै पनि कुनै राष्ट्र वा समुदायविरुद्ध द्वेष वा हिंसात्मक गतिविधि नगरेको स्पष्ट पारेको छ । महासंघले साइबर ब्यूरोलाई भ्रमपूर्ण सामग्री सार्वजनिक गर्ने व्यक्तिहरूमाथि सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । साथै, आगामी दिनमा सामाजिक सञ्जाल वा डिजिटल माध्यम प्रयोग गरी धार्मिक वा सांस्कृतिक विभेद फैलाउने र मिथ्या सूचना प्रसारण गर्ने गतिविधिमा कानूनी निगरानी र नियन्त्रण प्रणाली बलियो बनाउन पनि अनुरोध गरिएको छ ।
महासंघका अनुसार, उजुरीसँगै विभिन्न युट्युब च्यानलमा प्रकाशित भ्रामक अभिव्यक्तिहरूको लिपिवद्ध गरिएको पाँच पृष्ठ लामो विवरण र ती सामग्रीका भिडियो प्रमाणहरू पनि साइबर ब्यूरोलाई बुझाइएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व