
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते मंगलबार अपरान्ह ४ः३० बजे हेटौंडास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ । उक्त साधारणसभाले सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को नाफा–नोक्सान, वासलात, नगद प्रवाह विवरण सहितको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानका लागि प्रस्ताव पारित गर्ने र अध्यक्षको अनुमतिमा अन्य कुनै पनि विषय पेश गर्न सकिने व्यवस्था रहेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ गतेदेखि नै बुक क्लोज गरिसकेकाले कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम रहेका सेयरधनीहरू मात्रै कम्पनीको साधराणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह