
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले ४ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ ।
कम्पनीले यी सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा कम्तीमा २५० कित्ताका लागि र बढीमा १०० ले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
सेयर किन्न इच्छुक लगानीकर्ताले आज कात्तिक २५ गतेदेखि मंसिर ९ गते दिउँसो साढे २ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र मोरङ कटहरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पाइनेछ।














समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान