
भोजपुर । मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने भएको छ । मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई देश–विदेशमा चिनाउने लक्ष्यले आगामी मङ्सिर २०–२२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । ग्रेट मुन्दुम ट्रेलभित्र पर्ने हतुवागढीको कोप्चेबाट तावाभञ्याङसम्म ६० किलोमिटर दूरीमा प्रतियोजना हुने जनाइएको छ ।
भोजपुरका दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । भोजपुरको सबैभन्दा होचो स्थान (१५३ मिटर) माइबेनी कोप्चेबाट तावाभञ्याङसम्म प्रतियोगिता हुने मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जनाइएको छ । प्रतियोगितमा १०० जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ, एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।
हतुवागढी–९ माईबेनी कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म सञ्लालन हुने रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । प्रतियोगितालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न तीनै गाउँपालिकाबीच विस्तृत कार्य योजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनले सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताए ।
मुन्दुम पदमार्ग क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धन तथा विकासका लक्ष्यले तीन गाउँपालिकाहरुले बजेट विनियोजन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले रु पाँच–पाँच लाखका दरले जम्मा रु १५ लाख बजेट विनियोजन गरेका छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह