
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र तोडफोड तथा आगजनी छानबिनका लागि गठित जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान नदिन सरकारलाई पत्राचार गरेको छ । खापुङले अवकाश पाएकै दिन उनलाई आयोगले आफ्नो स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सरकारलाई पत्राचार गरेको हो ।
‘आज सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजैदेखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ आयोगका सदस्य विज्ञानराज शर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । खापुङले प्रहरी महानिरीक्षकबाट बिहीबार नै अवकाश पाएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला खापुङ प्रहरीमहानिरीक्षक थिए ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना