
काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना गर्न निर्णय गरेको छ । सरकारले संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन समेत गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाएको हो । सरकारले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी आवश्यकता, बजार विस्तार, प्राविधिक सुदृढीकरण तथा नियमन–व्यवस्थापनको संरचनामा पुनःसंरचना आवश्यक ठहर गर्दै यसपटक औपचारिक रूपमा अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ ।
समिति गठनसँगै नेप्सेको संस्थागत स्वरूप, दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको समग्र शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणको सम्भावनाबारे प्रतिवेदन तयार पारिनेछ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना