
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।
खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ भने पहिलो खेल सुदूर र लुम्बिनीबीच बिहान ११ बजेर ४५ मिनेटमा शुरू हुनेछ भने दोस्रो खेल जनकपुर र पोखराबीच अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले यसअघिका ३ वटै खेल जितेर तालिकाको शीर्षस्थानमा रहेको छ भने रोहित पौडेलको कम्तानीमा रहेको लुम्बिनीले ३ खेलमा २ खेल हारेर तालिकाको छैटौं स्थानमा छ । आज लुम्बिनी आफ्नो दोस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम आफ्नो विजयी यात्रालाई जारी राख्ने योजनामा रहने छ ।
त्यस्तै अर्काे खेलमा अनिल शाहको कप्तानीमा रहेको जनकपुर र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो संस्करणको खेलमा जितविहीन अवस्थामा रहेका छन् । यी दुवै टीमले जम्मा २ वटा खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेका छन्। जनकपुर पहिलो संस्करणको विजेता टोली हो भने पहिलो संस्करणमा पोखराले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेन । अंक तालिकामा जनकपुर सातौं स्थानमा छ भने पोखरा आठौं (अन्तिम स्थानमा) रहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व