
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुमा हुने पोलिसी सरेण्डर कम हुँदै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा साढे ३ अर्ब रुपैयाँको पोलिसी सरेण्डर भएको हो । यो गत आवको सोही अवधिको तुलनामा ८.७९ प्रतिशतले कम हो ।
चालु आवको तीन महिनाको अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । गत आवको असोज महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बाहिरिएको थियो । सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको असोज महिनासम्म २८ हजार ५७ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको असोज महिनासम्म भने २२ हजार ९९९ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १८ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ४.८९ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा बीमालेख नविकरण नगरिएको रकम ३५ अर्ब सात करोड २० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । व्यतित बीमालेखको संख्या पनि १.८६ प्रतिशत बढेर १२ लाख २० हजार ५४ वटा पोलिसी नविकरण भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या ११ लाख ९८ हजार २९५ रहेका थिए । जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको अथक प्रयास र जनचेतनाका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको छ । केही समययता पोलिसी सरेण्डरको अवस्था भयाभह रहेको थियो । केही समययता देशमा उत्पन्न भएको राजनीतिक घटनाक्रम र लाखौं नागरिकहरु सहकारीमा डुबेसँगै बीमितहरुले जीवन बीमाको प्रिमियम पनि सोही सरह लगेर भाग्नै भन्दै पोलिसी सरेण्डर गर्ने चलन नै चलाएको थियो । तर, बीमा कम्पनी र अभिकर्ताहरुको उच्च सक्रियताले पोलिसी सरेण्डरदर घट्न पुगेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व