
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा अघिल्लो कारोबार भन्दा ०.९९ प्रतिशतले गिरावट आएको हो । आज सेयर बजार २७०० नजिक पुगेर फर्किएको हो । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक १२ बजेको समयमा २६९४.९ विन्दुमा पुगेको थियो । त्यस पछि भने बजार घटेर अन्तिममा २६ अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको दिन ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४२ कम्पनीका १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर ८४ हजार १५६ पटक खरिद बिक्री हुँदा ७ अर्ब ८ कारोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजार उच्च अंकले घट्दा पनि ५ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया