दुई हाइड्रोपावरको सेयर मूल्य समयोजना

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेलेसुपर मादीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात सुपर मादीको सेयरमूल्य ७२२ रुपैयाँ ८६ पैसा र माउन्टेन इनर्जीको ५७७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा सुपर मादीको सेयर प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार