
काठमाडौं । नेपाली बाजारमा सुनचाँदीको मूल्य क्रमिक रुपमा उकालो लागिरहेको छ । पछिल्लो २ महिनायता सुन लगातार महंगिरहेको हो ।
यो साता सुन तोलामा २ हजार ५०० रूपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिन, आइतवार सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला १ लाख ६८ हजार ७०० रूपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ६९ हजार ४०० रूपैयाँ र बुधबार १ लाख ७० हजार ५०० रूपैयाँमा खरिदबिक्री भयो । तर, बिहीबार भने सुन यो साताकै उच्चस्तरमा पुगेर तोलाको १ लाख ७१ हजार रूपैयाँ पुग्यो । तर, साताको अन्त्यमा शुक्रबार सुन सस्तिएर तोलाको १ लाख ७० हजार रूपैयाँमा झर्याे ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आइतवार प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य साताको अन्त्यमा मुल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढी हो ।










समाचार
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र