
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्ना ९ औँ वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर ०.५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्नेछ । यो प्रस्ताव पारित गर्नका लागि आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा.लि मा दिउँसो २ बजेदेखि साधारणसभा बस्दैछ ।
सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान