
काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछ । कम्पनीको साधारणसभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ ।
लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरूको भत्ता अनुमोदन गर्ने र माइन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र मतदान गर्न सक्नेछन् ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान