
काठमाडौं । बिहीबार (आज)सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरुले मात्रै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने यो प्रस्ताव पारित गर्न पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । साथै साधारणसभाले बोनस सेयर वितरण भएपछि कायम हुने पुँजीको आधारमा १ बराबर ०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, ऋण अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान