
काठमाडौं । आज एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ । आज विभिन्न क्षेत्रका पाँच कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गर्ने भएको हुन् ।
आज साधारणसभा गर्ने सबै पाँच कम्पनीहरुको मुख्य एजेण्डा लाभांश प्रस्ताव पारित गर्ने रहेको छ । आज साधारणसभा सम्पन्न गर्न लागेका कम्पनीहरुमा माउन्टेन इनर्जी, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, आईसीएफसी फाइनान्स र सिक्लेस हाइड्रोपावर रहेका छन् । माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारित गर्ने छ । कम्पीको साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुने छ । यो कम्पनीको १२ औं वार्षिक साधारणसभा हो ।
त्यस्तै आज कृषि विकास बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) र अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ । बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले १९ प्रतिशत लाभांश (कर सहित) घोषणा गरेको छ । लाभांश पारित गर्न आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे ३९ औं वार्षिक साधारणसभा बस्दैछ । बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ। आईसीएफसी फाइनान्स लिमिटेडले १५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ । प्रस्ताव पारितका लागि आज काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे २२ औं वार्षिक साधारणसभा बस्दैछ । यो कम्पनीले मंसिर १९ गते नै बुक क्लोज गरिसकेको छ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको छ । लाभांश पारितका लागि आज पोखराको घारपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे २० औं र २१ औं वार्षिक साधारणसभा बस्दैछ । कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ भने साधारणसभामा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि समावेश गरेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व