
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २३ गते बुधबार काठमाडौंको थानकोटस्थित कम्पनीको आफ्नै बटम स्टेशन परिसरमा बिहान ११ बजेलेखि साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने, प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा अनुमोदन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि