
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार सामान्य बढेको सेयर बजार आज भने १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज २ कम्पनीको सयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेर ४५०.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १० वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर ६४ हजार २९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान