
काठमाडौं । निर्वाचना आयोगका पूर्व प्रमुख आयुक्त दिनेश कुमार थपलियाले गतिलो नेतृत्व आउन सकेको खण्डमा सुशासन कायम हुने बताएका छन् । बिहीबार राजधानीमा सन्टर फर पोलिसिी रिसर्चले आयोजना गरेको ‘निर्वाचनमा चौथो अंग, अनुसन्धानात्मक पत्रकारिता एक विमर्स’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सञ्चारमाध्यामले उम्मेदवारको एजेण्डालाई बढी प्राथमिकता दिएर स्थान दिनु पर्ने उनको भनाइ थियो । सञ्चारमाध्याममा ठूलो र सानो उम्मेदार भनेर समाचार आउने गरेको भन्दै त्यस्तो नगर्नका लागि पनि उनले आग्रह गरे । उनले विश्वमा सरकारले गर्ने निर्वाचना निष्पक्ष नहुने पनि बताए । नेपालमा निर्वाचनको काम सबै निर्वाचन आयोगले गर्ने गरेको भन्दै सरकारले वातावरण मात्रै निर्माण गर्ने उनको भनाइ थियो । अहिले देश बाहिर रहेकाहरुले पनि निर्वाचनमा मतदान गर्न पाउनु पर्ने विषय उठेको सन्दर्भमा उनले देश भित्रकै सबै नागरिकलाई चुनावमा सहभागि गराउने तर्फ काम गर्नु पर्नेमा जोड दिए ।
फागुन २१ गते घोषणा भएको निर्वाचन सबै क्षेत्रमा सम्पन्न गर्नका लागि निकै कठिन गरहेको उनको भनाइ छ । हिमाली जिल्लामा त्यो समयमा हिउँ नपग्लने भएकाले त्यो क्षेत्रमा निर्वाचन गराउनका लागि कठीन हुने उनले बताए । नेपालमा चैत भन्दा अघि अहिलेसम्म निर्वाचन भएको इतिहास नै नभएको भन्दै उनले हिमाली क्षेत्रलाइ पनि समेटर निर्वाचनका विषयमा सोच्नु पर्ने बताए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान