सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्ला दिनहरुमा घटेको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५९ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार