
काठमाडौं । लमजुङमा १२ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सभा स्थगित भएको औपचारिक जानकारी गराएको हो । कम्पनी ऐन २०६३ र कम्पनीको नियमावली अनुसार सभा सञ्चालन गर्न आवश्यक सेयरधनीहरूको उपस्थिति नभएपछि सभाको काम कारबाही अघि बढ्न सकेन । साधारण सभाका लागि पुस २१ गते बिहानको समय तोकिएको भए पनि गणपूरक सङ्ख्या नपुगेपछि सञ्चालक समितिले सभा स्थगित गर्ने निर्णय गरेको हो । अब कम्पनीले पुनः सूचना प्रकाशित गरी दोस्रो पटक सभा आह्वान गर्नेछ । जसमा गणपूरक संख्याको प्रावधान केही खुकुलो हुने कानुनी व्यवस्था छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह