
सर्लाही । लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो ।
चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । जिल्लाको चुरे क्षेत्रमा प्रहरीले मङ्सिरदेखि नै अवैध गाँजाखेती फडानी अभियान चलाएको छ । “उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो”, उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोलीले १३ बिघाको गाँजाका बोट फडानी गरेर फर्किएका छन् ।”
अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले लुकाइछिपाइ गरेको गाँजाखेती खोजी र नष्ट गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । तथ्याङ्कअनुसार जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ९४.५ बिघा गाँजाखेती नष्ट गरिसकेको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द