
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’ लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन् ।
दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई नमुना बजार बनाउने योजना बनाएका छौँ,” उनले भने, “नगरपालिकाले सुरु गरेको अभियानमा ललितकलाका विद्यार्थीले कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाइरहेका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाको आम्दानीको स्रोतसमेत वृद्धि गर्नेछ ।”
नगरपालिकाको आयोजनामा यही पुस ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको इच्छा तथा टोलको विशेषता झल्कने किसिमका चित्र बनाउन लगाउने गरिएको छ । नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार तथा संस्कृति झल्कने चित्र बनाउन लगाइएको स्थानीयवासी एवम् नेवा: दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ नाराका साथ चित्र बनाउन दिक्तेल आएका विद्यार्थीले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकलासम्बन्धी इच्छुक विद्यार्थीलाई समेत चित्र बनाउने कला सिकाइरहेका छन् । विद्यार्थीलाई नगरपालिकाले खाने, बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिए । नगरपालिकाले गत वर्ष मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो । उक्त कार्यशालामा २१० चित्र क्यानभासमा उतारिएका थिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू