
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
मेयर बालेनले बुझाएको राजीनामा पत्रमा आफ्नो कार्यकालको छोटो समीक्षा गर्दै आगामी नेतृत्वका लागि शुभकामना व्यक्त गरिएको छ। पत्रमा भनिएको छ,’यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’
शाहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्।














समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान