
झापा । झापाको भद्रपुर-६ मोतियावारीका विष्णु राजवंशी विगत तीन दशकदेखि माटोसँग खेल्दै देवी-देवताका आकृतिलाई जीवन्त बनाइरहेका छन्। बुबाबाट विरासतमा पाएको मूर्तिकलाको सीपले कुनै समय मेचीदेखि महाकालीसम्म ख्याति कमाएको थियो। तर, अहिले त्यही कला र पेशा विष्णुका लागि परिवार पाल्ने संघर्षको विषय बनेको छ। आफ्नै उत्पादन ‘अभिषेक मूर्ति उद्योग’ मार्फत उनी हिन्दू धर्मका विभिन्न पर्व र आदिवासी संस्कृतिका मूर्तिहरू बनाउँछन्, तर बजारमा भारतीय मूर्तिको अनियन्त्रित प्रवेशले उनको व्यवसाय संकटमा परेको छ।
भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता र कमसल मूर्तिको बढ्दो चापले स्वदेशी कलाकारको श्रमको अवमूल्यन भएको राजवंशीको गुनासो छ। सीमापारिका व्यापारी गाउँ-गाउँमै पुगेर मूर्ति बेच्न थालेपछि स्थानीय ग्राहकहरू उतै आकर्षित हुने गरेका छन्।
“आफ्नो उत्पादन भारतीयभन्दा सस्तो हुँदाहुँदै पनि प्रचारको अभाव र अवैध आयातले स्वदेशी कलाकार भोकै मर्नुपर्ने अवस्था आएको छ,” उनी पीडा पोख्छन्। माटो र सिमेन्ट दुवै माध्यमबाट उत्कृष्ट मूर्ति बनाउन सक्ने उनीसँग सीप भए पनि राज्यको उपेक्षाले यो परम्परागत पेशा नै हराउने खतरा बढेको छ।
मूर्तिकलाका अतिरिक्त राजवंशी सामाजिक र राजनीतिक रूपमा पनि उत्तिकै सचेत छन्। भद्रपुरलाई भ्रष्टाचारमुक्त सहर बनाउने अभियानमा सक्रिय उनी सघन सहरी विकासका गुणस्तरहीन कामविरुद्ध निरन्तर आवाज उठाउँछन्। पैसा र पहुँचको भरमा राज्य चल्दासम्म गणतन्त्रले सर्वहारा वर्गलाई छुन नसक्ने उनको ठम्याइ छ। युवापुस्ताले स्वदेशमै श्रमको महत्व बुझ्नुपर्नेमा जोड दिने राजवंशी आफ्नो सीप अरूलाई सिकाउन तयार भए पनि सिक्न चाहने कोही नहुँदा चिन्तित देखिन्छन्।
एकातिर बजारको अतिक्रमण र अर्कोतिर नयाँ पुस्ताको अनिच्छाले पुस्तौँदेखि चल्दै आएको यो कला अब इतिहासमा मात्र सीमित हुने डर बढेको छ। स्वदेशी श्रम र सीपको संरक्षणका लागि ठोस सरकारी नीति नआए माटोसँग जोडिएको भद्रपुरको यो मौलिक पहिचान सदाका लागि मेटिन सक्ने राजवंशी बताउँछन्।













समाचार
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै