सुनको मूल्यले बनायो नयाँ रेकर्ड, २ लाख ८० हजार माथि पुग्यो मूल्य

काठमाडौं । नेपाली जबारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार