
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान अवस्थामा राष्ट्रलाई एकताबद्ध गर्नु र देशलाई सुदृढ बनाउनु अत्यावश्यक रहेको धारणा व्यक्त गरे।
उनले राष्ट्रवादी शक्ति एक ठाउँमा ल्याउनको लागि आफूले नेकपा निर्माण गरेको बताए।
उनले भने, ‘जरुरी पर्यो भने एउटा नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ राष्ट्र र जनताको निम्ति। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने पनि हुनसक्छ। भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यो परिस्थितिमा त्यसको प्रतिवाद गर्ने एउटा नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’
उनले देशको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार माथि प्रश्न उठाउने प्रयास भइरहेको बताए। उनले देश अब चुनावमय भइसकेको पनि बताए।













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला