
काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य सामग्रीहरुमा सोयाबिन तेल, अलैंची ,कार्पेट, सनफ्लावर तेल, र्यान, गलैंचा र फेल्ट रहेका छन् ।
भन्सार विभागका अनुसार चालू आवको दोस्रो त्रैमासमा ५६ अर्ब आठ करोडको सोयाबिन तेल, सात अर्ब १९ करोड ९५ लाखको अलैंची, चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमूखी तेल निर्यात भएको छ ।
निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावरको भूमिका महत्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने कच्चापदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । सोयाबिनको कच्चा पदार्थ नेपालमा उपलब्ध हुँदैन ।
अलैंची भने नेपालको पहाडी भु–भागमा प्रशस्त उत्पादन हुन्छ । नेपालको अलैंची खाडी र युरोपेली मुलुकमा समेत निर्यात हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । विश्व बजारमा पछिल्लो समय अलैँचीको भाउ १ लाख माथि पुग्यो, तर उत्पादन धेरै हुँदा बिक्री गर्न सकिदैन भन्ने डरले छिटै ९० हजार प्रतिमन बिक्री गरेको हुने गरेको छ ।
आव २०८०/८१ मा २ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको १७ लाख ३७ हजार किलोग्राम, आव २०७९/८० मा १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबरको २४ लाख ४१ हजार किलोग्राम र आव २०७८/७९ मा १ अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १८ लाख ९६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँचीको सबै हिस्सा भारत रहेको छ ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट