
काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल पाँच हजार नौ सय ६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छ भने एक हजार छ सय ४३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार पाँच सय ३५ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार छ सय ९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ । यस्तै, चार सय ४२ जना घाइते हुँदा दुई हजार नौ सय ९६ परिवार प्रभावित भएका छन् । यसैगरी पहिरोका मात्रै पाँच सय ७७ घटना घटेको छ । पहिरोमा परेर ७१ जना मृत्यु भएको छ भने पाँच बेपत्ता छन् भने ८० जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी बर्षाको चार सय २७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ । वन डढेलोको एक सय ८६, हावाहुरी दुई सय ९०,जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ ।
हिउँ पहिरोको सङ्ख्या पाँच छ । भूकम्प सात डुङ्गा पल्टेर दुई असिना पानी असिना, शीतलहर , महामारी र हवाई दुर्घटना एक एक भएका छन् । पछिल्ला दिनमा त झन् आगलागीका घटनामा बढोत्तरी भएको छ । सामान्य सावधानी अपनाउँदा समेत न्यूनीकरण गर्न सकिने आगलागीका घटना न्यूनीकरण गर्न सकिने विभागको प्रस्टोक्ति छ ।












समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि