
काठमाडौं । बिहीबारका राति बाल सुधार गृह, भक्तपुरमा रहेका बालकहरूमध्ये विवाद भई एक आपसमा झगडा, तोडफोड र भवनमा आगजनी समेत भएको सन्दर्भमा उक्त बाल सुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत कुटपिट गरी स्थिति नियन्त्रणमा नआएको हुँदा स्थानीय प्रशासनबाट सुरक्षाबल प्रयोग गरी स्थिति नियन्त्रणमा लिइएको एवम् बालकहरुद्वारा आगलागी नियन्त्रणमा लिइएको र घाइते बालकहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।
उक्त घटनाका सम्बन्धमा छलफल गर्न माघ ९ गते गृह मन्त्रीको कार्यकक्षमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, दुवै मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, कारागार विभाग प्रमुख लगायत अन्य उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थितिमा गहन छलफल भई उक्त बाल सुधार गृहमा रहेका १७० जना बालबालिकाहरुको हाल सुरक्षित रुपमा व्यवस्थापन गर्ने एवम् नुवाकोटमा स्थापना हुने बाल सुधार गृहको पूर्व तयारी कार्य छिटो प्रक्रियाबाट तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ।
उल्लिखित घटनाको व्यवस्थापन गर्न आवश्यक सहयोग र समन्वय गर्ने प्र.जि.अ. भक्तपुर, नेपाल प्रहरी प्रमुख भक्तपुर, सशस्त्र प्रहरी बल प्रमुख भक्तपुर लगायत सुरक्षाकर्मीहरुलाई हार्दिक धन्यवाद दिँदै घाइते बालकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना