काठमाडौं । भारतले न्युजिल्यान्ड विरुद्धको टि–२० सिरिज २ खेल अगावै जितेको छ । आइतबार भएको खेलमा पाहुना टोलिलाई ८ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा ३–को अग्रता लिदै सिरिज जितेको हो ।
गुवाहाटीमा भएको खेलमा तेस्रो टी–२० अन्तर्राष्ट्रिय न्युजिल्यान्ड २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रनमै बनाएको थियो । उक्त लक्ष्य भारतले २ विकेटको क्षतिमा १० ओभरमा भेटायो । पाहुना टोलिलाई सस्तैमा रोक्ने क्रममा भारतका जसप्रित बुमराहले ३ तथा रवि बिश्नोई र हार्दिक पाण्ड्याले समान २ विकेट लिए । सुरुआतमै हर्षित राणाले विकेट लिएपछि भारतले खेलमा नियन्त्रण बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा भारतले आक्रामक सुरुआत ग¥यो । सन्जु स्यामसन पहिलो बलमै आउट भए पनि इशान किशन र अभिषेक शर्माले लगातार चौका–छक्का प्रहार गर्दै खेलमा नियन्त्रण बनाए । यी दुईले १९ बलमै ५३ रनको साझेदारी गरे । अभिषेक शर्माले मात्र १४ बलमा अर्धशतक पूरा गर्दै भारतको दोस्रो छिटो टि ट्वान्टी अर्धशतक बनाएका हुन् । किशन १३ बलमा ३ चौका र २ छक्कामा २८ रन बनाएर आउट भए । कप्तान सूर्यकुमार यादव मैदानमा आएर अभिषेकसँग मिलेर खेल सहजै जित दिलाए । सूर्यकुमारले २६ बलमा ५७ रन र अभिषेक ६८ रनमा नटआउट रहे ।
अभिषेकले २० बलमा ७ चौका र ५ छक्का प्रहार गरे । सूर्यकुमारले ६ चौका र ३ छक्का प्रहार गरे ।