
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको छ ।
पहिले देखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरु यथावत उपलब्ध छन् । नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरुका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरुका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरु समेत उपलब्ध छन् । त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरु पनि यथावत राखिएका छन् ।
नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिइएको छ । यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरुले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ । पहिले डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप (नेपाल टेलिकम एप) तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था हुनेछ ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेज मिति २०८२ माघ ११ गते देखि उपलब्ध छ र आगामी ९० दिनसम्म उपलब्ध हुनेछ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द