
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणालीमार्फत कारोबार गरिने उल्लेख गरिएको छ।
कम्पनी व्यवस्थापनका अनुसार तत्काल वित्तीय आवश्यकताका कारण उक्त लगानीको अंश घटाउने निर्णय लिइएको हो। स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त हुने रकम कम्पनीको नगद प्रवाह सुदृढ बनाउन प्रयोग गरिने जनाइएको छ।
सेयर कारोबारको प्रक्रिया अघि बढाउँदा बजारको चाल, मूल्य अवस्था तथा समग्र लगानी वातावरणलाई ध्यानमा राखिने कम्पनीले स्पष्ट पारेको छ। आवश्यक औचित्य र परिस्थितिका आधारमा बिक्री चरणबद्ध रूपमा अघि बढाइने पनि सूचनामा उल्लेख छ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र