
काठमाडौं । हिमालयन बैंकको नाफासँगै अधिकांश सूचकमा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार धेरै सूचकमा संकुचन देखिएको हो ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो । यता, बैंकको खुद ब्याज आम्दानी समेत १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
६ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा समेत ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा समिति भएको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.२३ रुपैयाँमा पुगेको हो ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान