
काठमाडौं । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध साइबर ब्युरोमा उजुरी रहेको प्रहरी स्रोतले बतायो ।
२ साताअघि मात्र हाजिरी जमानीमा छुटेका प्रसाईँलाई प्रहरीले आज पुनः पक्राउ गरेको हो । यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि उनी पक्राउ परेका थिए । प्रसाईँमाथि कारबाही गर्न आयोगले साइबर ब्युरोमा पत्रचार नै गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा